२०८२ वैशाख २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमिर्मिरे लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

मिर्मिरे लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा


काठमाडौं-मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत २९ पुसमा सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले भदौ ३० गते नेप्सेमा सूचीकृत गराई भदौ ३१ गतेदेखि सम्बन्धित् सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ