२०८२ वैशाख २७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने

निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने


 

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन ।

तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

१७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ