गृहपृष्ठ ∕ खेलकुद ∕ नेपाल युएईसँग पराजित ,विश्वकप खेल्ने सपना रहयो अधुरो नेपाल युएईसँग पराजित ,विश्वकप खेल्ने सपना रहयो अधुरो Karobarpati मंगलबार, २०७८ फागुन १० गते, २०:१८ मा प्रकाशित विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ । युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे । विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे । जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । क्याटेगोरी : खेलकुद ट्याग : #नेपाल, #युएई, #विश्वकप तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ३ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ४ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ५ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न सूर्योदय वोमी लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा