२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदराखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए ।

आज नै उनले पदभार ग्रहण गर्नेछन् ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ