२०८१ माघ १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठखेलकुदमछिन्द्र र आर्मीले अंक बाँडे

मछिन्द्र र आर्मीले अंक बाँडे


 

काठमाडौं – साबिक सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले जारी लिगमा गोलरहित बराबर खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा भएको दोस्रो चरणको अन्तिम खेलमा दुवै टोलीले गोल रहित बराबर खेल्दै अंक बाढेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

दुवै टोलीले खेलमा आक्रामक फुटबल खेले पनि सफल हुन सकेनन् ।  खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ आङदेम्बे घोषित भए ।

खेलसँगै मछिन्द्रले २ खेलबाट ४ अंक बनाएको छ । यता, लगातार दोस्रो बराबरसँगै आर्मीले दुई खेलबाट २ अंक जोडेको छ ।

दोस्रो चरणको समाप्तिसँगै मनाङ मर्स्याङ्दी क्लब ६ अंक सहित शीर्ष स्थानमा छ । तेस्रो चरणको खेल अब शुक्रबारबाट सुरु हुनेछ ।


क्याटेगोरी : खेलकुद



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ