गृहपृष्ठ ∕ खेलकुद ∕ ए डिभिजन लिग : संकटा र शेर्पा तथा थ्री स्टार र च्यासल भिड्दै ए डिभिजन लिग : संकटा र शेर्पा तथा थ्री स्टार र च्यासल भिड्दै Karobarpati शनिबार, २०७८ मंसीर ४ गते, ०९:०९ मा प्रकाशित काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछ । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन् । शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा हुनेछ भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रनेछ । दुबै टोली पहिलो खेलमा सुखद सुरुआत गर्ने दाउमा हुनेछन् । दुबै टोलीले चार विदेशी खेलाडी मैदानमा उतार्ने छन् । दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ५ बजे सुरु हुनेछ । थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्री स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए । शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो