गृहपृष्ठ ∕ खेलकुद ∕ नामिबियामाथि भारतको सानदार जित नामिबियामाथि भारतको सानदार जित Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, ०७:१३ मा प्रकाशित काठमाडौं, २३ कात्तिक आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिसकेका भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ । सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो । जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्याे । ओपनर रोहित शर्माले सर्बाधिक ५६ रन बनाए । भारतका ओपनर लोकेश राहुल ५४ रनमा अविजित रहे । यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए । भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४ हारसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर विश्वकपको अन्त्य गरेकाे हाे । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै जर्मनीको युरोकपमा विजयी शुरुवात ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै जर्मनीको युरोकपमा विजयी शुरुवात