२०८१ असार ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसन्‌राइज्‌ बैंक र एफ वान सफ्टबीच सहकार्य

सन्‌राइज्‌ बैंक र एफ वान सफ्टबीच सहकार्य


काठमाडौं । डिजिटल बैकिङ् प्रविधिलाई आत्मसाथ गर्दै सन्राइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ ।

बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ   स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ योजना ल्याएको हो ।

यस योजना अन्तर्गत सन्राइज बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सन् राइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था गरेको जनाएको छ । यो योजना कार्तिक १ देखि मंसिर ५ गते सम्मको लागी रहेको बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ