२०८२ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवील र नेपाल बंगलादेश बैंकको असार २७ बाट एकीकृत कारोबार तर त्यसअघि ३ दिन बैंक बन्द हुने

नवील र नेपाल बंगलादेश बैंकको असार २७ बाट एकीकृत कारोबार तर त्यसअघि ३ दिन बैंक बन्द हुने


काठमाण्डौ । नवील बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार गर्ने व्यवस्थापनको लागि ३ दिन बैंक बन्द हुने भएको छ ।

दुइ बैंकले  जारी गरेकाे  सुचना अनुसार नवील बैंकको कारोबार २ दिन र एनबी बैंकको कारोबार ३ दिन बन्द रहने छ । दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन९डेटा माइग्रेसन० गर्ने प्रयोजनका लागि असार २४ गते शुक्रबार कार्यालय समयपछि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडिसम्म नवील बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द हुनेछ ।

सचुनामा शनिवार सार्वजनिक विदाको दिन सञ्चालन हुने भएका नवील बैंकका सम्पूर्ण काउण्टर तथा बैंकि सेवा समेत बन्द रहनेछन् । तर, सो समयमा नवील बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड सेवा भने सञ्चालनमै रहने सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी, नेपाल बंगलादेश बैंक समेत असार २३ गते बिहीबार कार्यालय समयपछि असार २७ गते सोमबार कार्यालय समय अगाडिसम्म सबै बैंकिङ सेवा तथा कारोबार बन्द हुनेछ । तर बंगलादेश बैंकको क्रेडिट कार्ड भने चल्ने जारीमा सूचनामा उल्लेख गरिएको छ ।

नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले असार २७ देखि नै नवील बैंक लिमीटेडको प्रादेशिकरशाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्दै छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नवील बैंक, #नेपाल बंगलादेश बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ