गृहपृष्ठ ∕ समाचार ∕ असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै Karobarpati बिहीबार, २०७९ असार २३ गते, १२:२१ मा प्रकाशित काठमाडौं । असार मसान्त नजिकिँदै जाँदा वाणिज्य बैंकहरुमा दैनिक औसत १०/१२ अर्ब रुपैयाँको दरले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाको मंगलबार कुल निक्षेप ५० खर्ब ४७ अर्ब पुगेको थियो । सोमबार भने ५० खर्ब ३३ अर्बमा सिमित भयो । केन्द्रिय बैंकको उक्त तथ्यांकमा वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ५७ अर्ब रहेको छ । यो सोमबारको तुलनामा १३ अर्बले बढेको हो । त्यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ५ खर्ब ९० अर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रहेको छ । साथै, वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रहेको छ भने विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ३० अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै सिडी रेसियो ८८.३५ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ७.०१ प्रतिशतमै स्थिर कायम भएकाे छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा