काठमाडौं। झापा र मोरङका दुई ठुला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने चेतावनी दिएक छन ।
झापाको बीएन्डसी मेडकिल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा गराए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने तयरी गरेका छन ।
बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी स्वास्थ्य बीमा गराए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नपाएको भन्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगति गर्ने जनाकारी गराएकाे हो ।
उक्त पत्रकार सम्मेलनमा बीएन्डसी मेडकिल कलेजका संचालक दुर्गा प्रसाईँले अस्पतालले स्वास्थ्य बीमा गराए बापत ४५ करोड लिन बाकी रहेकाले असार २० गतेदेखि स्वास्थ बीमाअन्तर्गतको कार्यक्रम स्थगति गर्ने बताए ।
विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य बीमा गराएकाहरुलाई दिएको उपचार सेवाको दाबी भूक्तानी गत कात्तिक यताको नपाएको व्यवस्थापन प्रतिनिधि भीमबहादुर चन्दले बताए।
सरकारले नोबेल मेडिकल कलेजलाई करिब ५४ करोड भन्दा बढी दाबी भुक्तानी दिन बाँकी रहेकाे उनले बताए ।
त्यस्तै, उता विराट मेडिकल कलेजले पनि दाबी भुक्तानी रोकिएकै कारण बीमा स्वास्थ्य कार्यक्रम रोक्ने चेतावनी दिएको छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार मुुलुकमा सबैभन्दा बढी स्वास्थ्य बीमा प्रदेश १ को झापाका बासिन्दाले गराएका छन्। उक्त जिल्लामा ५ लाख भन्दा बढी जनसंख्याले स्वास्थ्य बीमा गरेका छन्। बोर्डका अनुसार स्वास्थ्य बीमा ऐन अन्तर्गत सरकारले तोकेका सरकारी सामुदायिक र निजी अस्पतालमा बीमकको उपचार हुन्छ।
सरकारी अस्पतालमा उपचार सम्भव नभए बिरामीलाई निजी अस्पतालमा पठाउने गरिएको छ। यसमा पनि निजी अस्पतालहरुले आपति जनाएका छन्।