काठमाडौं । वायु सेवा सञ्चालक संघ,नेपाल आवद्ध सम्पूणर् जहाज र हेलिकप्टर बुधबारदेखि नउडाने भएको छ ।
संघले आज काठमाडौंमा पत्रकार सम्मेलनमा पाँच बुँदे माग राख्दै बुधबारदेखि आफ्ना जहाज र हेलिकप्टर नचलाउने निणर्य गरेको हो।
विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रू सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूणर् शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने संघको आग्रह छ।
संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उडड्यन प्राधिकरण एकै निकायबाट भएका कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएकाले देशको सम्पूणर् पर्यटन क्षेत्र नै तहस नहस भभइरहेकाले नेपाललाई यूरोपियन यूनियनको हवाई सूरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल पहल थाल्न संघको माग छ।
माग सम्बोधन नभएसम्म बाध्यात्मक रुपमा संघसँग आवद्ध हेलिकप्टर र हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालीन उद्धारलगायतका नियमित उडान असार ८ गतेदेखि स्थगित गरिएको संघले जनाएको छ।