२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा २२५३ जनालाई कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २२५३ जनालाई कोरोना संक्रमण पुष्टि


काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५९९ सहित थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ३ सय ७३ जना, ललितपुरमा १ सय ८७ जना र भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा २२ हजार २ सय १९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् ।

थप ७ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ