गृहपृष्ठ ∕ समाचार ∕ वाणिज्य बैंकमा फागुन पहिलो साता देखि नै निक्षेप संकलनमा सुधार वाणिज्य बैंकमा फागुन पहिलो साता देखि नै निक्षेप संकलनमा सुधार Karobarpati सोमबार, २०७८ फागुन ९ गते, २१:१५ मा प्रकाशित वाणिज्य बैंकमा फागुन पहिलो साता देखि नै निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ । फागुनको पहिलो साताको अवधिमा बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म बैंकको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा स्वदेशी मुद्रमा निक्षेप ४२ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा फागुन पहिलो साता आइपुग्दा ४२ खर्ब २० अर्ब पुगेको छ भने विदेशी मुद्रमा रहेको निक्षेप भने ९४ अर्ब बाट ९२ अर्बमा झरेको छ । एक साताको अवधिमा कर्जा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । संघका अनुसार विदेशी मुद्रमा हुने कर्जा लगानी घटेका कारण त्यसको असर कर्जा प्रवाहमा देखिएको छ । माघ मसान्तमा ८२ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा ९ अर्बले घटेर ७३ अर्ब रुपैयाँ रहेको छ । क्याटेगोरी : समाचार ट्याग : #वाणिज्य बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन