२०८२ कात्तिक १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिविद्यार्थी नेताको खातामा ३७ करोड ६४ लाख अवैध रकम फेला, डलरको अबैध कारोबारी

विद्यार्थी नेताको खातामा ३७ करोड ६४ लाख अवैध रकम फेला, डलरको अबैध कारोबारी


चाबहिलको पशुपति क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका दिनेश खड्काको खातामा ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ अवैध रकम फेला परेको छ । दिनेश खड्का कुनै व्यवसाय नगरी करोडौंको रकम एका एक बैंकको खातामा देखेपछि कैलालीका राजस्व अनुसन्धानको फन्दामा परेका हुन ।

विभागले एक विज्ञप्ति जारी गर्दै मोबाइल एप्स ई स्क्रिल तथा बिनान्स जस्ता डिजिटल अवैध करेन्सीमा लगानी गर्नका लागि विदेशी बिनिमय अमेरिकी डलरको अबैध कारोबार गरेको विभागले आफ्नो अनुसन्धानबाट पुष्टी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैतबरमा दिनेशले इ–स्क्रिल, बिनान्स ९क्रिप्टोकरेन्सी० मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ दशमलव ७७ रुपैयाँ रहेको विभागले जानकारी दिएको छ ।

यसैगरी, भगतवी खड्काको एनआईसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ, उनकी दिदी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८ सय २६ दशमलव ५१ रुपैयाँ, र नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १ सय ६६ दशमलव ३५ रुपैयाँ अवैध रकम कारोबार गरेको विभागले जारी गरेको विज्ञप्तिमा बिगोसहित मुद्दा उल्लेख गरिएको छ ।

 

उक्त अवैध कार्यमा खड्का सहित चार जनाले अनलाइनमार्फत डलरको अबैध कारोबार गरी राजश्व छलि गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो । कैलाली लम्किचुवा (१० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल गुरुङटोल बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धिताल बिरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ विगोसहित मुद्दा दायर गरेको अनुसन्धान विभागले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, समाज
ट्याग : #राजस्व अनुसन्धान, #विद्यार्थी नेता


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ