२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने

सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने


काठमाण्डौ । ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी सानिमा बैंकले अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिनसक्ने व्यवस्था गरेको छ ।

ग्राहकहरुले बैंकको वेबसाइटमा गई “क्रेडिट कार्ड आवेदन”मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

आवेदन दिइ सके पछि ग्राहकलाई इमेल तथा फोनमार्फत क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी दिइने बैंकले जनाएको छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने बैंकले दाबी गरिएको छ ।

यहि असोज ६ गतेदेखि यो सुविधा संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।
हाल सानिमा बैंकले हाल ८२ शाखा कार्यालय, १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आए पनि बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रथम प्राथमिकता राख्दै समय अनुसार विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ