२०८१ असार ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकामा ७५५ सहित थप १४९७ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

उपत्यकामा ७५५ सहित थप १४९७ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

एकैदिन १७ जनाको मृत्यु


काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४ सय ५७जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५० हजार ४ सय ११ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण गरिएको छ  पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ५३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ