२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशमधेश प्रदेशशान्ति दिवसको अवसरमा भर्चुअल र दिप प्रज्वलन

शान्ति दिवसको अवसरमा भर्चुअल र दिप प्रज्वलन


जनकपुरधाम । विश्व शान्ति दिवस को उपलक्ष्यमा आयोजित दुई कार्यक्रम प्रदेश २ का सामाजिक संघ संस्थाद्वारा सफलता पुर्वक सम्पन्न गरेका छन् ।
“अहिलेको पुस्तामा शान्तिको महत्व” र ” दिए प्रज्वलन” कार्यक्रम गरि सम्पन्न गरेको बारे कार्यक्रम आयोजक मध्येकि एक धनुषा जिल्ला ओरेक प्रोगाममा संयोजक रोजनिल सिंह बच्छारले जानकारी दिनुभयो । उहाले अहिलेको अवस्थामा युवाहरुलाई जोड्ने सबैभन्दा राम्रो माध्यम जुम रहेको हुनाले त्यसबाट युवावर्गलाई जोडि भर्चुअल संवाद कार्यक्रम सम्पन्न गरेको बारे बताउनुभयो ।

“अहिलेको पुस्तामा शान्तिको महत्व ” नामक छलफल बिहान ११ बजे देखि १ बजे सम्म संचालन गरिएको थियो । साथै वक्ताको रुपमा प्रदेश २ सांसद मन्जु यादव, डा. रिना यादव र सरस्वती चौधरी थिए भने कार्यक्रममा सामाजिक स्तरमा काम गर्दै आएका इन्सेक जिल्ला संयोजक राजु पासवान र मानव अधिकार क्षेत्रमा दखल राख्ने चन्दन कौशिक रहेको थिए । कार्यक्रम संचालन युथ एड्भोकेसि नेपालका अभियान संयोजकको तथा कायापलटका अध्यक्ष दिवाकर उप्रेती थिए ।

कार्यक्रममा बोल्दै बक्ताहरुले अहिलेको अवस्थामा घटिरहेको बिकृति विसङ्गति आदिलाई जराबाट हटाउन आ(आफ्नो कर्तव्यमा कटिबद्ध भएर लाग्न युवालाई आग्रह गरे । साथै पार्टीको हौसियतले सबै सांसदले पनि आफ्नो तबरबाट हुने पहल सम्पुणर् ढङ्गबाट गर्ने बारे बताउनुभयो । उहाँवरुले शान्तिलाई कायम राख्न मौलिक हकको सहि अर्थमा कार्यव्यन तथा युवालाई रोजगारमा लगाउन वातावरण पनि सृजना गर्ने गरि निति ल्याउने समेत बताउनु भएको थियो।

साझ जानकि मन्दिरमा दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय शान्ति दिवस निकै सभ्य ढंगले समापन गरेको तथा अब हरेक हिसाबले शान्ति कायम राख्न आम नागरिकले पनि दायित्व पुरा गर्नु पर्ने बारे आयोजक मध्ये एक एम्नेष्टी इन्टरनेशनल महिला ३६ को प्रतिनिधि जमुना भुजेलले बताउनु भयो ।

कार्यक्रममा करिब ७० बढि युवाको सहभागिता रहेको थियो भने कार्यक्रम युथ एड्भोकेसि नेपाल, ओरेक , एड्भोकेसि फोरम, एम्नेष्टी इन्टरनेशनल महिला ३६, लिभिङ हुइ्त इन्भाइरोमेन्ट, कायापलट, जिल्ला युवा संजाल घनुषा, महिला मानवअधिकार रक्षक धनुषा लगायत एक दर्जन बढीको सकृयतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ