२०८२ वैशाख २८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने

अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य ईजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संथासँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति र समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।
काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउने संस्थाको तयारी छ ।

संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।
संस्थाले आईपीओ जारी पश्चात संस्थाको चुक्ता पुँजी २५ करोड पुग्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ