२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल

राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच शिष्टाचार भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमारको टोली आज बिहान दाहाल निवास खुमलटार पुगेको थियो ।

उक्त भेटवार्तामा अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ