२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. तिङ्करीलाई यस वर्षको उत्कृष्ट निजामती पुरस्कार

डा. तिङ्करीलाई यस वर्षको उत्कृष्ट निजामती पुरस्कार


काठमाडौ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिङ्करीलाई सरकारले यस वर्षको उत्कृष्ठ निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ ।

निजामती कर्मचारी दिवसको अवसरमा प्रदान गरिने सो पुरस्कारबाट यसपटक १० जना कर्मचारीलाई छानिएको हो । मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सो पुरस्कार छानिन्छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा एक वर्षदेखि कार्यरत डा. तिङकरीले कोभिड-१९ को महामारीमा स्वास्थ्य सामग्री व्यवस्थापन र खोप व्यवस्थापनमा उत्कृष्ठ काम गर्दै आएका थिए ।

उनी स्वास्थ्य सेवाको ११ औ तहका सबैभन्दा वरिष्ठ कर्मचारी समेत हुन् । आउदो माघमा उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका डा. टिंकरी ३२ वर्षदेखि स्वास्थ्य सेवामा रहेका छन् ।

मन्त्रालयमा खालि रहेको १२ औं तहको तीनवटा पदमा बढुवा हुने पहिलोनम्बरमा पनि उनी नै रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ