काठमाण्डौ । सेयर लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गरेका छन्।
मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका लगानीकर्ताको समुहले काठमाडांंैको शंकरदेव क्याम्पसबाट गर्भनर विरुद्ध विरोध र्याली निकालेर भएर राष्ट्र बैंक पुगेका थिए ।
उनीहरुले गर्भनरको राजीनामा माग गदै पुँजी बजार सुधारका लागि आवश्यक कदम चाल्न भन्दै राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई ज्ञापनपत्र बुझाएका छन्।
सेयर धितो कर्जाको राष्ट्रको नयाँ नितिले बजारमा ठूलो नकारात्मक असर परेको भन्दै लगानीकर्ताहरुले आज राष्ट्र बैंक घेराउ गरेका छन् ।
लगानीकर्ताहरुले ४ करोड र १२ करोडको कर्जा सीमा तत्काल खारेजजस्ता माग गरेका छन्।
राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा १ व्यक्ति वा संस्थाले १ वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो।
यो व्यवस्थाले सेयर बजार प्रभावित हुने भन्दै केही लगानीकर्ताहरुले राष्ट्र बैंकको चर्को विरोध गरेका छन ।