२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने

काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने


काठमाडौं । काठमाडौँ उपत्यकाभित्र भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।

आज बसेको काठमाडौं उपत्यकाका तिनै जिल्लाका जिल्ला अधिकारीहरुको बैठक यस्तो निणर्य गरेको हो ।

जिल्लाम प्रशासन कार्यालय काठमाडौंले बुधबार आदेश जारी गरी सकेसम्म शैक्षिक संस्थामा भौतिक उपस्थिति नगराउन र गर्ने परेको खण्डमा नेपाल सरकारले जारी गरेको स्र्माट लकडाउनको प्रावधानको रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय खोल्न पाइने बताएको हो।

यस्तै, सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन्। पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू भीडभाड नगरी सञ्चालन गर्न पाइने भएको छ।

भिडभाड हुने सभासम्मेलन, जुलुस लगायतका गतिविधि सञ्चालन नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यस्तै, संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ