२०८० असोज ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २२९५ जनामा कोराना पुष्टि

नेपालमा थप २२९५ जनामा कोराना पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो थप २ हजार २ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाडौंमा ६ सय ६५ जना , भक्तपुरमा १ सय ३ जना र ललितपुरमा १ सय ३८ जना  कोरोना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय ०८ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

यससँगै हालसम्म १० हजार ७ सय ३० जनाको मृत्यु भएको छ । सोमबार देशभर ३५ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ