काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत बर्षको चौथो त्रैमासिकमा खुद नाफा १७२.६५ प्रतिशतले बढाएको छ ।
आशाले यस अवधिमा १२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा आशाले ४ करोड ६६ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।
अघिल्लो यही अवधिमा सञ्चालन मुनाफा ७ करोड ४२ लाख रुपैयाँमा सीमित रहेकोमा समीक्षा अवधिमा आशाको सञ्चालन मुनाफा १४९.३९ प्रतिशतले बढेर १८ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी ५४.९३ प्रतिशतले बढी छ । अघिल्लो वर्षे ब्याज आम्दानी १६ करोड ९१ लाख रुपैयाँ रहेकोमा यस अवधिकमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड २० लाख रुपैयाँ छ ।
अघिल्लो वर्ष १ अर्ब ४४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको आशाले समीक्षा अवधिमा संस्थाले २ अर्ब १९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो वर्ष ४ करोड ६० लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४७.६० रुपैयाँ पुगेको छ। पीई रेसियो ३९.०६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.९४ रुपैयाँ रहेको छ।