२०८१ भदौ २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई राष्ट्रपतिद्धारा विभुषण

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई राष्ट्रपतिद्धारा विभुषण


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (२०७७)को अवसरमा स्थानयि तहका जनप्रतिनिधि र कर्मचारीलाई पदक तथा विभुषण प्रदान गरेकी छन् ।

स्थानीय तहका जनप्रतिनिधि ११ र कर्मचारी २ जना सहित विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ५ सय ९४ जना कर्मचारी, पेशाकर्मी र नागरिक भएका छन् ।

ढोरपाटन नगरपालिका, वागलुङका प्रमुख देव कुमार नेपाली, खाँदवारी नगरपालिका, संखुवासभाका प्रमुख मुरारी खतिवडाले राष्ट्रपतिवाट पदक पाएका छन् ।

दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका, खोटाङकी उपप्रमख हविनादेवी राई,अदामचुली गाउँपालिका, हुम्लाका अध्यक्ष दल फडेरा, सुन्दर हरैचा नगरपालिका, मोरङकी उपप्रमुख धनमाया तामाङ,दमक नगरपालिका झापाकी उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशाशकीय अधिकृत गणेश प्रसाद तिमल्सिनपनि विभूषित भएका छन् ।

त्यसैगरी सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुकी उपप्रमुख कल्पना राई, वुढी नन्दा नगरपालिका बाजुराकी उपप्रमुख सृष्टि रेग्मी पनि विभुषित हुने सूचिमा परेका छन् ।

बुटवल उपमहानगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, आँधीखोला गाउँपालिका-६ स्याङजाका वडा अध्यक्ष कृष्ण प्रसाद ढकाल, काठमाडौं महानगरपालिका-४ का वडा अध्यक्ष मोहन विष्ट, महानगरकै वडा १० का वडा अध्यक्ष दिपक केसीपनि राष्ट्रपतिबाट बिभूषित भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ