२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनागार्जुन नगरपालिकाको सहयोगमा महिलाहरुलाई दिइएको नि:शुल्क ३ महिने ब्युटीसियन तालिम सम्पन्न

नागार्जुन नगरपालिकाको सहयोगमा महिलाहरुलाई दिइएको नि:शुल्क ३ महिने ब्युटीसियन तालिम सम्पन्न


काठमाडौँ – नागार्जुन नगरपालिकाको सहयोगमा महिलाहरुलाई दिइएको ३ महिने नि:शुल्क ब्युटीसियन तालिम सम्पन्न भएको छ।
नगरपालिकाको सहयोगमा सितल ब्युटी पालर एण्ड ट्रेनिङ्ग सेन्टरले दिएको ३ महिने ब्युटीसियन तालिम गएको शनिबार एक कार्यक्रमबीच सम्पन्न गरिएको हो।
सो समापन कार्यक्रममा तालिम प्राप्त गरेका महिलाहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो। नगरपालिकाले पछिल्लो समयमा १० वटा नै वडामा महिलाहरुलाई आत्मनिर्भर बनाइ सक्षम बनाउन यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ।
सितल ब्युटी पालर एण्ड ट्रेनिङ्ग सेन्टरले महिलालाई उत्थान गर्न बेला-बेलामा महिलाहरुलाई यस्ता तालिमहरु दिंदै आइरहेको छ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ