२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआगामी हप्तादेखि स्मार्ट लकडाउन हुने ,७ राष्ट्रसँग हवाई उडान खोल्ने तयारी

आगामी हप्तादेखि स्मार्ट लकडाउन हुने ,७ राष्ट्रसँग हवाई उडान खोल्ने तयारी


काठमाडौं । सरकारले जारी निषेधाज्ञाकाे  स्वरुप परिवर्तन गर्दै   असारकाे दोस्रो सातादेखि ‘स्मार्ट निषेधाज्ञा’ गर्ने भएको छ ।

बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार बसेको  कोभिड –१९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)काे  बैठकले जारी निषेधाज्ञा निरन्तरता दिदै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष निकालदै आगामी हप्तादेखि ‘स्मार्ट निषेधाज्ञा’ गर्ने निणर्य गरेको छ ।

स्वास्थ्यको मापदण्ड पालना गरी दैनिक कार्यहरु सञ्चालन गर्ने,सबै व्यापार व्यवसाय खाेल्ने, सवारी साधनमा संख्याको आधारमा निर्धारण गर्ने भीड कम गर्न तथा निषेधाज्ञालाई केही खुकुलो बनाउन विभिन्न उपायहरु अबलम्वन गरिने स्मार्ट लकडाउनको अवधारणा रहेको बताइएको छ ।

 

 

तस्बिर:- नवु वाग्ले

हाल काठमाडौं उपत्यकामा जारी निषेधाज्ञको समय अवधि असार ७ गते पछि पनि केही मोडालिटी मात्रै परिवर्तन गरि निषेधाज्ञा कायम राख्ने समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले जानकारी दिए । काठमाडौ उपत्यका ३ जिल्लालगायत देशका अधिकाश जिल्लामा क्षेत्रमा निषेधाज्ञा कायम नै छ ।

त्यस्तै, बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया  देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने तर यी देशहरुबाट हप्ताको २ हजार जना भन्दाबढी यात्रु यात्रा नगरने गरि हवाई उडान सञ्चालन गर्ने निणर्य गरेको छ ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सहयोग रकम उपलब्ध गराउने समेत निणर्य समेत गरेको छ।

यसैगरी बैठकले गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाइ ढुवानी भाडा सरकारले उपलब्ध गराउने निणर्य गरेको छ ।

इजरायलले सहयोग स्वरुप दिन लागेको सघन उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री स्वीकार गर्ने निणर्य पनि बैठकले गरेको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ