२०८२ वैशाख २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिमन्त्रीपरिषद् बाट बाहिरिएकै दिन ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण

मन्त्रीपरिषद् बाट बाहिरिएकै दिन ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुणर्गठन गरेपछि परराष्ट्रमन्त्रीबाट हटाइएका प्रदिप ज्ञवालीले आफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
जसपा ठाकुर पक्षको सहभागितामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे १७ सदस्यीय पुनर्गठित मन्त्रीमण्डलमा एमाललेकै नेता रधुवीर महासेठ उप प्रधानमान्त्री तथा परराष्ट्रमन्त्री नियुक्ति भएपछि आफ्नो बहिर्गमनसँगै सामाजिक सञ्जालमार्फत ज्ञवालीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन ।

उनले ,यस अवधिमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९ सय ३० रुपैयाँ , पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार रुपैयाँ बुझेको रकम जम्मा गरी ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा गरेको बताएका छन् ।

त्यस्तै , पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४ सय ९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला गरेको समेत बताए ।
उनले अहिले आफ्नो बैक खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ ६० पैसा बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जनाए  ।

उनले, आफुले  प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास शनिवार बिहान छाड्ने जानकारी गराए ।

त्यस्तै उनले करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रदा यस्तो गरिमापूर्ण  जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएको प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गरेका छन ।

उनले सामाजिक सञाजलमार्फत  मुख्य सचिव,सचिवहरु, परराष्ट्रमन्त्रालयका कर्मचरीहरु धन्यवाद दिएका छन्  । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार-सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु’ । उनले लेखेका छन् ।

साथै आफ्नो बहिर्गमनसँगै नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ