गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको अनुरोध कोभिडको तेस्रो र चौथो लहर आउन सक्छ तयार रहनु स्वास्थ्य मन्त्रालयको अनुरोध कोभिडको तेस्रो र चौथो लहर आउन सक्छ तयार रहनु Karobarpati शुक्रबार, २०७८ जेठ २१ गते, १९:१३ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रकारका अस्पतालहरुलाई २० प्रतिशत शैय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी छुटाउन अनुरोध गरेको छ। शुक्रबार मन्त्रालयले एक सुचना जारी गदै सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई कम्तिमा २० प्रतिशत शैय्या कोभिड-१९ बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । उनले सुचनामा कोभिड-१९को प्रथम लहरले अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी युवा लक्षित मात्र हुन पुगेको उल्लेख गरेका छन् । ‘दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर पनि आउन सक्ने र त्यस समय बढी संक्रमण बालबालिकामा देखिन सक्ने अवस्थालाई मध्येनजर गर्दै आफ्नो स्वीकृत शैय्याको कम्तिमा २० प्रतिशत शैय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ, ‘डा. उपाध्यायले भने । यस्तै, मन्त्रालयले अक्सिजनको व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६