२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघिसिङको आग्रह मेरो पक्षमा प्रदर्शन नगरिदिहोस्

घिसिङको आग्रह मेरो पक्षमा प्रदर्शन नगरिदिहोस्


काठमाडौ । नेपाल विधुत प्रधिकरणका  निवर्तमान  कार्यकारी निर्देशक कुलमान घिसिङले आफनो पुन नियुक्ति माग राख्दै प्रदर्शन नगर्ने सबैलाई आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गदै कोरोना महामरी फैलिएको संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगर्न आहवान गरेका छन ।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुन  नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु।

प्राधिकरणको कार्यकारी निर्देशकको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवम् स्वाभाविक प्रकृया भएकोले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखेका छन्। प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूणर् अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निणर्य हुने घिसिङले विज्ञप्तिमा भनेका छन् ।


क्याटेगोरी : समाचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ