२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने मन्त्रिपरिषद् निर्णय

पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने मन्त्रिपरिषद् निर्णय


काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रत्येक पुस ११ गते ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउने निर्णय   गरेको छ  ।  सरकारका प्रवक्ता एंवम सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले पछिल्लो मन्त्रीपरिषद्को बैठकको निर्णय  बारे जानकारी गराए ।

त्यस्तै बैठकले,मेल्मची खानेपानी आयोजनाको वितरणमा भएको चुवाहव रोक्न र मर्मत गर्ने १३ करोड निकासा, चीनबाट प्राप्त गरिने ३ हजार ५ सय थान अक्सिजन सिलिन्ड ११ थान भेन्टिलेटर स्वीकार गर्ने, जर्मनको बोनस्थित सरकारको स्वामित्वमा रहेको घर विक्रि गर्ने, प्रेस काउन्सीलको अध्यक्षमा बालकृष्णको नियुक्ति , सगरमाथा संवाद कार्यक्रम संञ्चालन, स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार आयोजनाका लागि विश्व बैकबाट प्राप्त हुने ५० मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार  गर्ने निर्णय  गरिएको प्रवक्ता गुरुङले जनाकारी गराए ।

 

गृहमन्त्रालयको प्रस्तावमा प्रमुख जिल्ला अधिकारीलाई कोभिड–१९ को प्रतिकार्य अधिकारी मुकरर गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्रीपरिषद् बैठक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ