२०८१ भदौ २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान : २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा

सविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान : २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा


 

काठमाडौँ । राष्ट्रपति विद्यादेबी भण्डारीले सविधान दिवसको अवसरमा मन्त्रीपरिषदको सिफारिका आधारमा ५ सय ९४ जनालाई विभूषण  प्रदान गनु भएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख अनुसार मानपदवीतर्फ सु(प्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४ सय ५३ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा मन्त्रीमरिषदको सिफारिसमा हेमराज तुम्बाहाम्फे समेतका २ सय ८९ कैदीबन्दीको भुक्तान हुने कैद माफी मिनाहा गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ३ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : राजनीति, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ