गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट अनुदान प्राप्त भेरोसेल खोप ६० देखि ६५ बर्षका ज्येष्ठ नागरिकलाई लगाइने चीनबाट अनुदान प्राप्त भेरोसेल खोप ६० देखि ६५ बर्षका ज्येष्ठ नागरिकलाई लगाइने Karobarpati बुधबार, २०७८ जेठ १९ गते, १४:१२ मा प्रकाशित काठमाडौ । सरकारकाले चीनले अनुदानमा दिएको कोभिड १९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई यहि जेठ २५ गते देखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चीनसँग सीमा जोडिएका हिमाली जिल्लाका १८ वर्षभन्दामाथि नागरिकलाई पनि भेरोसेल लगाइनेछ । दोस्रो डोजको सुनिश्चितता गरेरै भेरोसेल खोप दिन लागिएको हो । चीनबाट अनुदानमा ल्याउने १० लाख डोज खोपमध्ये जेठ १८ गते ९ लाख डोज नेपाल आइपुगेको छ । आज जेठ १९ गते थप १ लाख खोप नेपाल आइपुग्नेछ । यसअघि भेरोसेल खोप ६० वर्षभन्दा माथिका नागरिकलाई लगाउन नमिल्ने भन्दै नेपालमा ५९ वर्षसम्मका नागरिकलाई दिइएको थियो । यद्यपि, केही दिन अघिमात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६० वर्षभन्दा माथि उमेरसमूहलाई पनि भेरोसेल लगाउन मिल्ने भनेसँगै यस समूहलाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । म साथै, खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनैपनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जान मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी, खोप केन्द्र तोक्नका लागि सम्बन्धित जिल्ला समन्वय समितिलाई जिम्मा दिइएकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान