गृहपृष्ठ ∕ राजनीति ∕ बामदेव गौतमले सम्झिए गणतन्त्र स्थापनाको विपक्षमा उभिएका नेताहरु बामदेव गौतमले सम्झिए गणतन्त्र स्थापनाको विपक्षमा उभिएका नेताहरु Karobarpati शनिबार, २०७८ जेठ १५ गते, १२:४५ मा प्रकाशित काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले १४ औं गणतन्त्र दिवसको अवसरमा सन्देश जारी गदै स्व गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्प कमल दाहाल प्रचण्डलाई गणतन्त्र स्थापनाका महानायककको संज्ञा दिएका छन् । उनले सन्देशमा नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ । तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै रहेको उल्लेख गरेका छन् । त्यस्तै,उनले त्यसबेला गणतन्त्रको विपक्षमा रहेका आफ्नै पाटीका नेताहरु पनि सम्झिए । गौतमले सन्देशमा “विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं” भनेका छन् । क्याटेगोरी : राजनीति, समाचार ट्याग : ##बामदेव गौतम तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह नेप्से ३.३४ अंकले घट्यो तीन महिनामा रु तीन अर्बभन्दा धेरैको फलफूल आयात एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने बैंकमा निक्षेप राख्नेमा कुन जिल्लाका नागरिक अघि ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह नेप्से ३.३४ अंकले घट्यो तीन महिनामा रु तीन अर्बभन्दा धेरैको फलफूल आयात एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने बैंकमा निक्षेप राख्नेमा कुन जिल्लाका नागरिक अघि ?