२०८० असोज ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीन सरकारले दिने कोभिड-१९ विरुद्धको १० लाख डोज मध्ये २ लाख डोज आइतबार नेपाल आइपुग्ने

चीन सरकारले दिने कोभिड-१९ विरुद्धको १० लाख डोज मध्ये २ लाख डोज आइतबार नेपाल आइपुग्ने


काठमाडौं । चीन सरकारले अनुदानमा  दिने भनिएको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममां परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त जानकारी दिएका हुन् । उनले बाँकी ८ लाख डोज भने जुन पहिलो साता नेपाल ल्याइने बताए ।

मन्त्री ज्ञवालीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई १७ लाख कोभिशिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएकाे  जानकारी गराए  ।

सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाएको  जानकारी दिए ।

अमेरिकामा ६ करोड डोज सिनोभ्याक्सको खोप रहेको  उक्त खोपका लागि नेपालले लबिइङ गरिरहेको  र अमेरिकी उप विदेशमन्त्रीसँग कुरा गरिरहेका छौं,’  ‘सकारात्मक जवाफ आएको मन्त्री ज्ञवालीले बताए ।’

त्यस्तै, मन्त्री ज्ञवालीले एक हप्ताभित्रै कोभिड खोपको खुसीको समाचार सुन्ने पाउने समेत  दावी गरेका छन्  ।सन् २०२१ भित्र लक्षित समुदायलाई खोप लगाइसक्ने बताउँदैं उनले खोपका लागि ३६ अर्ब बजेटको स्रोत सुनिश्चित भएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ