२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्राइम कमर्सियल बैंकले अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग

प्राइम कमर्सियल बैंकले अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं । कोभिड –­१९ महामारीको दोस्रो लहरसँग लड्न प्राइम कमर्सियल बैकले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बैंकले अस्पतालहरुमा शैथ्या, अक्सिजन लगाएत अन्य अति आवश्यक स्वास्थ सामाग्रीहरुको चरम अभाव भई संक्रमित विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै यस बैंकबाट स्वास्थ्य सामग्री सहयोग गरिएको बैंकका महाप्रबन्धकले जनाएका छन् ।

बैंकले सुदुर पश्चिम क्षेत्रको श्री सेती प्रादेशिक अस्पताल र श्री माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको बैकले जनाएको छ ।
कोभिड­१९ विरुद्घको लडाईमा यस बैंकको सहयोगलाई निरन्तरता दिने क्रममा वीर अस्पताललाई करिव रु. ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामाग्रीहरु सहयोग गरेको बैंकले जनाएको छ ।
उक्त स्वास्थ्य सामग्री बैंकका संचालक श्री मनोज पौडेलले श्री कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका थिए ।

बैंकले कोभिड­–१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ