२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंसद विघटन विरुद्धको रिटको सुनुवाई प्रधान न्यायाधीसको एकल इजलासमा

संसद विघटन विरुद्धको रिटको सुनुवाई प्रधान न्यायाधीसको एकल इजलासमा


काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका १९ रिटको सुनुवाइ  प्रधान न्यायाधीस चोलेन्द्र शमशेर रााणाको एकल इजलासमा हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नभएको भन्दै संसद विघटन गरी चुनावको घोषणाकाे  विरुद्ध गत सोमबार २८ र मंगलबार २ वटा गरी ३० रिट दर्ता भएका छन् ।

१४६ जना सांसदले पनि संसद विघटन असंवैधानिक भएको र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

 

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ