२०८१ भदौ २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल—खनाल सहित ११ जनालाई नेकपा एमालेबाट निष्कासन, १२ जना लाई २४ घण्टे स्पष्टीकरण माग

नेपाल—खनाल सहित ११ जनालाई नेकपा एमालेबाट निष्कासन, १२ जना लाई २४ घण्टे स्पष्टीकरण माग


काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल—खनाल समुहका ११ जना ‘सांसद’लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
जेष्ठ १० गते  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको बैठकले यस्तो निणर्य गरेको हो ।

जेठ ८ गते बसेको स्थायी कमिटीको निणर्य अनुसार उक्त समुहका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो। सोमबार बिहानसम्मको समय दिइएको भए पनि उनीहरुबाट जवाफ आएको थिएनन् ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कणर्, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निणर्य गरेको हो ।

  यसैगरी विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल , झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापङु, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्ट, नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निणर्य पनि बैठकले गरेकोे छ ।

उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई हराउन भूमिका खेलेको, फ्लोर क्रस गरेको लगायतका विषयमा  स्पष्टीकरण सोधिएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ