२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त

नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय ५ जना गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा कोभिड-१९ संक्रमण पोजेटिभ भएको जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय  ४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२९ जनाको कोभिड-१९ संक्रमणबाट ज्यान गएको छ । यससँगै अहिलेसम्म नेपालका कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ