काठमाडौं । नेपालमा एकै दिन ५ सय बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत कात्तिक यता यति ठूलो संख्या एकै दिन पोजेटिभ केस देखिएको यो पहिलो पटक हो ।
पछिल्लो २४ घण्टामा ५५९ जनालाई कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये काठमाडौंमा मात्रै १५९ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । काठमाडौंपछि ललितपुरमा ४४ जना, बाँकेमा ४१, दाङमा २४, रुपन्देहीमा २९, पर्सामा २५, मोरङमा १३, कैलालीमा १४ र बारामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमितको हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमित निको भएका छन् ।
अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार १ सय ६५ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको तथ्यांकमा छ । अहिलेसम्म नेपालमा ३ हजार ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।