२०८२ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा.डा. राजेशनाथ गंगोल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त

प्रा.डा. राजेशनाथ गंगोल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त


काठमाडौं । सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोललाई नियुक्त गरेको छ ।

शुक्रबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सर्च कमिटीले एक नम्बरमा प्रा. डा. राजेशनाथ गंगोलको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्रीले एक नम्बरमा सिफारिस भएका प्रा.डा गंगोललाई नै उपकुलपति नियुक्त गरेका हुन् ।

सर्च कमिटीले दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की र तीन नम्बरमा प्रा.डा. अनिलकुमार मिश्रको नाम सिफारिस गरेको थियो । नवनियुक्त उपकुलपति डा. गंगोल यसअघि कार्यवाहक उपकुलपति रहेका थिए ।

युअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर थिए । सरकारले यसअघि कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्रीलाई नियुक्त गरेको थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ