२०८० असोज ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण हुने

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण हुने


काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने विभिन्न नाकाहरुमा शंकास्पद एन्टीजेन परीक्षण गरिने भएको छ ।

चैत २३ गते बसेको जिल्ला कोभिड—१९ नियन्त्रण तथा रोकथाम समिति काठमाडौंको बैठकले नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच र एन्टीजेन टेष्ट गर्न डेक्सको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने निणर्य गरेको हो । एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेका उक्त व्यक्तिलाई पिसिआर परीक्षणका लागि पठाइने निणर्य पनि समितिले गरेको छ ।

कोरोना नियन्त्रण सम्बन्धि विभिन्न ८ वटा निणर्य गरेको समितिले यसअघि सबै महानगरपालिका र नगरपालिका सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन सेन्टरलाई अद्यावधि गर्ने र सबै नगरपालिकामा १/१ वटा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने निणर्य गरेको छ । यस्तै, कोभिड—१९ सम्बन्धि जनस्वास्थ्य मापदण्ड पूणर् पालना नगर्नेलाई कारवाही गरेर जरिवाना गर्ने, कोभिड सम्बन्धि जनचेतना फैलाउनका लागि नर्स, स्वास्थ्यकर्मी र शिक्षक/शिक्षिकालाई परिचालन गर्ने, कोभिड संक्रमित केसहरुको पहिचान र कन्ट्याक्ट ट्रेसिङ गर्न महानगरपालिका र नगरपालिकालाई अनुरोध गर्ने निणर्य पनि बैठकको छ ।

चीन सरकारले हालै उपलब्ध गराएको कोभिड—१९ विरुद्धको खोप बुधबारबाट लगाउन सुरु गरिने भएकाले १८ देखि ५९ वर्षका चीनमा अध्ययन गर्ने विद्यार्थी, हिमालपार व्यापार गर्ने व्यवसायी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधी व्यापार र यसका प्रतिनिधी, प्राध्यापक र काठमाडौं जिल्लाभित्रका विद्यालयहरुमा कार्यरत शिक्षक/शिक्षिकालगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवालाहरु निकायले आपसमा समन्वय गर्ने पनि बैठकले निणर्य गरेको छ ।

त्यस्तै, टेलिफोन तथा मोबाइलमा बज्ने रिङटोनमा कोभिड—१९ सम्बन्धि सूचनाहरु र जिगंलहरु प्रवाह गर्ने, कोभिड—१९ को जोखिम बढिरहेको सन्दर्भमा सार्वजनिक स्थापना गरिने कार्यक्रम हाललाई स्थगित गर्ने र गर्नै पर्ने कार्यक्रमहरुका लागि स्वास्थ्य मापदण्डको पूणर् पालना गर्नुपर्ने बैठकको निणर्य छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ