२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका मापदण्ड पालना नगरे जेष्ठ-असारमा कारोना उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी

स्वास्थ्यका मापदण्ड पालना नगरे जेष्ठ-असारमा कारोना उच्च विन्दुमा पुग्ने : स्वास्थ्य मन्त्री त्रिपाठी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यका मापदण्ड पालना नगरे आउदो बर्षको जेठ—असार महिनममा नेपालमा संक्रमण उच्च विन्दुमा पुग्ने आँकलन गरेको बताएका छन् ।

सोमबार संसद बैठकमा बोल्दैं मन्त्री त्रिपाठीले छिमेकी देश भारतमा संक्रमण बढिरहेको अवस्था उल्लेख गर्दै त्यसले नेपाललाई थप सर्तक र सचेत बनाएको उल्लेख गरे । ‘कोरोनालाई नियन्त्रण गर्नका लागि आवागमनलाई थप व्यस्थित गर्दै रोगको शीघ्र पहिचान र आइसोलेसन, शंकास्पद व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइन र जनस्वास्थ्यका मापदण्डको पूणर् पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकाले यसमा सबैको ध्यान जान जरुरी छ,’ उनको भनाई थियो । रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले वैज्ञानिक तथ्यमा आधारित रहेर यथार्थपरक नीतिहरु अवलम्बन गरेको मन्त्री त्रिपाठीले भने ।

मन्त्री त्रिपाठीले कोभिड खोपको प्राप्ति र कार्यन्वयनका लागि आवश्यक सबै नीतिगत निणर्य २० पुस २०७७ मै गरिसकेको र कोरोना सम्बन्धि भयाक्सिन खरिद सम्बन्धी अध्यादेस संसदमा अगाडि नबढेको भन्दैं चिन्ता समेत व्यक्त गरे ।

‘अध्यादेश पहिलो दिन प्रस्तुत हुन सकेन । यसको अभावमा खोप आउन सक्दैनथ्यो । यो अध्यादेशले कानुनी रूप लिएन भने हामीले लगाएको खोप गैरकानुनी लागुऔषधमा परिणत हुन्छ,’ मन्त्री त्रिपाठीले नीतिगत व्यवस्था गर्नका लागि अध्यादेश ल्याएको बताउँदै भने, ‘हामीले लगाएको खोप फिर्ता लिन सकिँदैन । यो विषय अन्य विषयभन्दा अलि अलग हो । किनभने हामीले यसभन्दा अगाडि हामीले यसप्रकारका खोपको विषयमा परिकल्पना पनि गरेका थिएनौं ।काननुमा व्यवस्था पनि थिएन ।

सरकारले बाध्यात्मक रूपले यो अध्यादेश ल्याएको हो ।’ उनले हालसम्म नेपालमा संक्रमणको प्रसार दुई वटा वेभमा आएको बताउँदैं पहिलो जेठ, २०७७ को दोस्रो सातादेखि बढ्दैं असारको दोस्रो साता उच्च विन्दुमा पुगेर साउनको दोस्रो साता न्यून अवस्थामा पुगेको बताए । ‘त्यसपछि पुनः संक्रमण बढ्दैं कात्तिक, २०७७ को दोस्रो साता संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो,’ उनले भने, ‘कात्तिक ५ मा एकैदिख धेरै संक्रमित थपिएको दिन ५ हजार ७ सय ४३ नयाँ संक्रमितको पहिचान भएको थियो ।’

उनले कात्तिक महिनामा संक्रमण दर सबैभन्दा उच्च रहेको जानकारी दिदैं त्यसपछि दिनमा संक्रमण क्रमसः घट्दैं गएको माघमा पहिलो साता निकै कम भएकोमा बताए । ‘तर, अहिले पुनः संक्रमण बढ्दैं गएको छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ