काठमाडौं । एक महिनादेखि खाली रहेका ३ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये २ वटामा उपकुलपतिको नियुक्ति भएका छन् । आइतबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा उपकुलपति नियुक्त गरेका हुन् ।
कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा एक नम्बरमा सिफारिसमा परेका डा. मंगल रावललाई नियुक्त गरेका छन् । त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् । सिफारिस समितिले कणर्ालीका लागि एक नम्बरमा डा. रावल, दुई नम्वरमा प्रा.डा. रेशम राना र तीन नम्बरमा डा. पुजनकुमार रोकायालाई सिफारिस गरेको थियो । डा. रावल यसअघिका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेको समयावधि सकिएपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगामी चार वर्षको कार्यकालको लागि डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । सर्च कमिटीले डा. क्षेत्रीको एक नम्बर, प्रा.डा. श्रीकृष्ण श्रेष्ठको दुई नम्बरमा र प्रा.डा. भरतबहादुर कार्कीको तीन नम्बरमा नाम सिफारिस गरेको थियो ।
सिफारिस समितिले यसअघि तीन-तीन जनाको नाम सिफारिस गरेको थियो। कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उनीहरुलाई आइतबार नियुक्त्ति गरेका हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने उपकुलपति नियुक्त हुन बाँकी छ। पाटनका लागि सर्च कमिटीले एक नम्बरमा डा. राजेशनाथ गंगोल, दुई नम्बरमा प्रा.डा. दानबहादुर कार्की र तीन नम्बरमा प्रा.डा. अनिलकुमार मिश्रको नाम सिफारिस गरेको छ ।