काठमाडौं,। राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको संस्थाले धादिङ्गको क्रिक रिर्सोटमा बिहिबार आयोजना भएको साधारण सभाले आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरि सभा सम्पन्न भएको हो ।
सञ्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले अध्यक्षले पेश गरेको आ.व.२०७६।०७७को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साथै संस्थाको सातौ वार्षिक साधारणसभामा सर्वसाधारण शेयर धनि तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नयाँ सञ्चालकहरु क्रमशः नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाले आ.व. २०७६।०७ को नाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशतबोनस शेयर र ६प्रतिशत नगद लाभांस गरि २७प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।
सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पुंजी २६ करोड ४०लाख ४५ हजारबाट बृद्धि भई ३१ करोड ९४ लाख ९४हजार पुगेको छ ।