२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाप्रवन्धकको आगमन पछि उदयपुर सिमेन्ट उद्योगमा धमाधम काम सुरु

महाप्रवन्धकको आगमन पछि उदयपुर सिमेन्ट उद्योगमा धमाधम काम सुरु


बिराटनगर – उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको रु. २२ करोड भन्दा बढी रकम, विद्युत प्राधिकरणलाई तिर्न बांकी रकममा मिलान गर्न उदयपुर सिमेन्ट उद्योगका  महाप्रबन्धक गोपी न्यौपानेले पहल सुरु गरेका छन ।

केहि महिना अघि मात्रै नियुक्त भएका न्यौपानेले  पदभार सम्मलेपछि धमाधम कार्ययोजना बनाई काम गर्न सुरु गरेका छन्। उनले आगामी एक बर्ष भित्रै करीब ७० करोड थप लगानी गरी १ मेगावाटको ब्याकअप सोलार प्लाण्ट सहित किल्न सेल फेर्ने, रिइन्फोर्समेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि हालको दैनिक ८ सय मे. टन बाट क्षमता बढाइ ११ सय मे. टन पुर्याउने गरि कार्ययोजना अघि बढाएको बुझिएको छ ।

यसको साथै उद्योग परिसरमा यत्रतत्र रहेका कवाडी सामानहरुको संकलन कार्य सुरु गर्नुको साथै जग्गा जमिनको पहिचान गरी संरक्षण गर्ने कार्य भैरहेको छ। प्राविधिक रुपमा किल्न लगायतका प्लाण्टको अबस्था परामर्शदाताबाट अध्ययन गराइ तत्काल मर्मतसंभारको थालनी गरिएको छ भने श्रोतको लागि नेपाल सरकारसँग अनुरोध गरिएको र सकारात्मक रुपमा अघि बढेको जनाइएको छ ।
नेपाल सरकारको पूणर् स्वामित्व रहेको यस उद्योगको अपार चूनढुंगा रहेको खानीको उपयोग गर्ने दीर्घकालीन योजनामा रहेका उनले सूसासनमा जोड दिदै सिष्टम बसाल्ने प्रयास शुरु गरेको प्रशासन प्रमुख राम बहादुर जि. सी. ले जानकारी गराए ।

झट्ट हेर्दा उद्योगको ५ अर्ब ५० करोडको नोक्सानी कायम रहेको भएतापनि ९५ प्रतिशत स्वदेशी कच्चापदार्थ चूनढुंगा प्रयोग गरि उत्पादन गरेको सिमेण्टबाट सरकारले बार्षिक १ अर्ब बराबरको राजस्व संकलन गर्दै आएको छ भने ३४० कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन । दुई वर्ष भन्दा बढी महाप्रवन्धकको पद रिक्त रहेको उद्योगले गत माघबाट नयाँ महाप्रवन्धक पाएको हो । उनको सक्रियताले अहिले उद्योगले गति लिइरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ