२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंविधानको कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूबीच सहकार्य हुनुपर्ने राष्ट्रपति

संविधानको कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूबीच सहकार्य हुनुपर्ने राष्ट्रपति


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।

चैत ३ गते मंगलबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित सर्वदलीय बैठकमा राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको हुदाँ दलहरु बीचको सहकार्यलाई एकतालाई जोड दिइन् ।

राष्ट्रपतिज्यूले भन्नुभयो, “हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ ।”

 

नेपालको अतिक्रमित भू-भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभयो ।

राष्ट्रपतिज्यूले कोभिड-१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावका ’दयगतमा चर्चा गर्नुका साथै यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

 

राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजना भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित रहेको थियो ।

 

त्यसैगरी कार्यक्रममा नेकपा एमालेका रामबहादुर थापा, ईश्वर पोखरेल सुवासचन्द्र नेम्वाङ,विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङको उपस्थिति रहेको थियो ।

 

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता श्री जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको पनि उपस्थिति रहेको थियो ।

 

नेताहरुले राष्ट्रपतिलाई बंगलादेश भ्रमणको सफलताको शुभकामना दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ