गृहपृष्ठ ∕ समाचार ∕ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १७:२० मा प्रकाशित काठमाडौँ- सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी देखिएका निलम्बित सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल मृत भेटिएका छन्। हिजो बिहीबार आफ्नै घर (भक्तपुर)मा उनी मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी अजय केसीका अनुसार उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्थलबाट उनको सुसाइड नोट पनि फेला पारेको जनाएको छ। सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनीसहित चार जना दोषी ठहर भएका थिए। विशेष अदालतले पोखरेलविरुद्ध ६ महिना कैद र पाँच करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँको जरिवाना असुलको फैसला सुनाएको थियो। बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो। विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली