गृहपृष्ठ ∕ समाचार ∕ सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १७:२० मा प्रकाशित काठमाडौँ- सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी देखिएका निलम्बित सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल मृत भेटिएका छन्। हिजो बिहीबार आफ्नै घर (भक्तपुर)मा उनी मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी अजय केसीका अनुसार उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्थलबाट उनको सुसाइड नोट पनि फेला पारेको जनाएको छ। सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनीसहित चार जना दोषी ठहर भएका थिए। विशेष अदालतले पोखरेलविरुद्ध ६ महिना कैद र पाँच करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँको जरिवाना असुलको फैसला सुनाएको थियो। बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो। विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार