गृहपृष्ठ ∕ समाचार ∕ सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै Karobarpati शुक्रबार, २०८१ जेठ ११ गते, १६:०१ मा प्रकाशित काठमाडौं सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ । आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो । यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ । नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ । शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको सिद्धबाबा टनेल प्रोजेक्ट अफिसले जानकारी गराएको छ । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११।४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल १ हजा १२६ मिटर लामो सुरुङ बन्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली